जनघाती अध्यादेश तुरुन्त खारेज गरियोस्: तोसिमा कार्की

राष्ट्रपाटी न्युज

२६ मंसिर २०७९

ललितपुर । प्रतिनिधिसभा सांसद डा. तोसिमा कार्कीले सरकारले जारी गर्न लागेको अध्यादेश जनघाती भएको बताएकी छन् ।

ललितपुर–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी डा. कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले बहुमत पुर्याउनकै लागि ल्याउन लागेको अध्यादेश जनघाती भएको बताउँदै कुर्सी मोहको पराकाष्ठा भएको बताएकी छन् ।

सामाजिक सञ्जालमार्फत डा. कार्कीले, अपराधीहरुलाई कारागारसम्म गएर भेट्ने तथा रिहाई गराउन यो कामचलाउ सरकारले रातारात जनघाती अध्यादेश ल्याउनेसम्मको निर्लज्ज कुर्सी मोहको पराकाष्ठा भएको अनि यही नेतृत्वबाट हामीले जनताको लागि के अपेक्षा गर्ने ?’ भन्दै प्रतिप्रश्न गरेकी छन् ।

उनले लेखेकी छन्,

बहुमत पुर्याउनकै लागि कुन हद सम्म जान सक्ने  ?

अपराधीहरुलाई कारागारसम्म गएर भेट्ने तथा रिहाई गराउन यो कामचलाउ सरकारले रातारात जनघातक अध्यादेश ल्याउने सम्मको निर्लज्ज कुर्सी मोहको पराकाष्ठा ! अनि यहि नेतृत्वबाट हामीले जनताको लागि के अपेक्षा गर्ने ?

विधिको शासनलाई आफू अनुकुल नचाउन दिईनु हुदैन । देशलाई दुर्घटनाबाट बचाउन नागरिक विरोध आवश्यक छ । तत्काल यो अध्यादेश सच्याईयोस् खारेज गरियोस् !


Published :२६ मंसिर २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media