जाजरकोट जीप दुर्घटना अपडेटः मृतकको संख्या ११ पुग्यो

राष्ट्रपाटी न्युज

मंसिर २६, २०७९

सुर्खेत । जाजरकोटमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या एकै गाउँका ७ जनासहित ११ पुगेको छ ।

कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा नम्बर ३ जेवाबाट  ४ को जेवातर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरमा खस्दा उनीहरुको मृत्यु भएको हो ।

छेडागाड -५ दिपक अधिकारी, छेडागाड-५ नैनसरा अधिकारी, छेडागाड-५ जैकुवरा बुढा, छेडागाड-५ रामबहादुर बुढा, छेडागाड-६ वीर बहादुर खत्री,  भगवती-२, दैलेख अमर खड्का,  भगवती-२, दैलेख  मान बहादुर रावत, भगवती-२, दैलेख  बिरेन्द्र केसी,  छेडागाड-५ देवीसरा बुढा, छेडागाड-५ अमर अधिकारी र  छेडागाड-५ निषा अधिकारीको मृत्यु भएको छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाले जानकारी दिए ।

छेडागाड-५ की जैभान अधिकारी गम्भिर घाइते भएका छन् । चार जना मात्र क्षमता भएको उक्त बोलेरो गाडीमा १२ जना सवार रहेका थिए ।

 


Published :मंसिर २६, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media