काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । लामिछानेको सांसद पद खारेजीको माग गर्दै रिट परेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।
सर्वोच्च प्रशासनका अनुसार रबि लामिछानेविरुद्ध युवराज सफलले रिट दर्ता गराएका हुन् । रिटमा लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचन आयोग, संघीय संसद र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाइएको छ ।
रिटमा लामिछानेलाई सांसदको रूपमा सपथ नखुवाउन माग दाबी गरिएको छ । दोहोरो नागरिकता प्रकरणमा मुछिएपछि लामिछाने विवादित बन्दै आएका छन् । मंसिर ४ गतेको निर्वाचनमा उनी चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभातर्फ निर्वाचित भएका थिए ।