शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने एक अर्बमाथि

राष्ट्रपाटी न्युज

मंसिर २९, २०७९

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १४.४८ अंकले ओरालो लागेर १८८२.६० विन्दुमा झरेको हो ।

बैंकको उच्च ब्याजदर र तरलता अभाव भएपछि सेयर बजारले उचाइ लिन नसकेको जानकारहरु बताउँछन् ।

ब्याजदर नघट्ने भएपछि लगानीकर्ताहरु अन्योलमा देखिएका छन्। बैंकहरुले ब्याजदर नघटाउने बताएपछि लगानीकर्ताहरु हेर र पर्खको अवस्थामा छन् । यसको प्रभाव सेयर बजारमा देखिएको छ ।

आज नेप्से दोहोरो अंकले घटे पनि १ अर्बमाथिको सेयर कारोबार भएको छ। अघिल्लो कारोबार दिन बुधबार ७२ करोड रुपैयाँको सेयर कारोबार भएको थियो।

यसदिन २५४ कम्पनीको ४८ लाख ४ हजार २७९ कित्ता सेयर १ अर्ब १९ करोड २६ लाख १६ हजार १८७ रुपैयाँमा खरिदबिक्री भयो।

कारोबार रकमका आधारमा नेपाल क्रेडिड एन्ड कमर्सियल बैंक शीर्षस्थानमा रह्यो। सो बैंकको २२ करोड ८९ लाख ४२ लाख ३५७ रुपैयाँको सेयर खरिदबिक्री भयो।

यस्तै शिवम् सिमेन्ट ९ करोड ३१ लाख बढिको कारोबार गरी दोस्रो स्थानमा रहेको छ। कारोबारमा आएका १३ वटै समूहको सूचक नकारात्मक देखिएका छन्।

फाइनान्स इन्डेक्सको सूचक सर्वाधिक १.४९  प्रतिशतले ओरालो लाग्दा हाइड्रोपावर, लाइफ इन्स्योरेन्स, मनु एन्ड प्रो,म्युचुअल फन्ड,अदर्श समूहको सूचक १ प्रतिशत बढिले घटेको हो।

आज  दुई कम्पनीको सेयर मूल्य १० प्रतिशत हाराहारीमा बढेको छ। रुरु जलविद्युत परियोजनाको ९.९९ प्रतिशत र इस्टर्न हाइड्रोपावरको ९.९७ प्रतिशतले मूल्य बढेको हो ।


Published :मंसिर २९, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media