आज पाँचौं राष्ट्रिय झन्डा दिवस

काठमाडौं  । आज पुस १ गते विभिन्न कार्यक्रम गरी पाँचौं राष्ट्रिय झन्डा दिवस मनाइँदैछ। यसैक्रममा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले काठमाडौंको माइतीघर मण्डलामा कार्यक्रम गरी राष्ट्रिय झण्डा दिवस मनाएको छ ।

दिवसको अवसरमा माइतीघरदेखि वसन्तपुरसम्म र्‍याली निकालिएको हो । प्रतिष्ठानले ०७५ पुस १ गतेदेखि यो दिवस मनाउँदै आएको छ।

प्रतिष्ठानले हरेक वर्ष राष्ट्रिय झण्डा दिवस,राष्ट्रिय पोशाक दिवस र राष्ट्रिय टोपी दिवससमेत मनाउँदै आएको छ ।


Published :१ पुष २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media