काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । भारतबाट घटेको मूल्य आएसँगै निगमले पेट्रोल, डिजल मट्टितेलमा ३/३ रुपैयाँ घटाएको छ ।
१ सय ८१ बाट पेट्रोल घटेर १ सय ७५ रुपैयाँ, १ सय ७८ बाट घटेर १ सय ७५ रुपैयाँ र एक सय १७ प्रतिलिटर मट्टीतेल १ सय ७५ रुपैयाँ कायम भएको नेपाल आयल निगमले जनाएको छ।
हवाई इन्धन-आन्तरिक र हवाइ इन्धन–बाह्यको मूल्य घटाइएको छैन । हवाइ इन्धन १ सय ९० र हवाइ इन्धन बाह्य १.६४५ डलरमा बिक्री हुँदै आएको छ । एलपी ग्यास १ हजार ८ सयमा बिक्री हुँदै आएको छ ।
निगमले सरकार इन्डियन आयल कर्पोरेसनलाई डिसेम्बर २०२२ सम्म १९ अर्ब तिर्न बाँकी रहेको निगमले जनाएको छ। वक्यौता एवं ऋण तिर्न कठिन भइरहेको निगमले जनाएको छ । पटक पटक मूल्य घटेर आए पनि निगमले यसअघि मूल्य समायोजन गरेको थिएन ।