प्रतितोला ६ सय बढ्यो सुनको मूल्य

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार ६ सयले बढेर प्रतितोला सुनको मूल्य १ लाख ५ सय पुगेको हो ।

यसदिन सुन तोलामा ६ सय रुपैयाँले बढेको हो।  यसअघि मंसिर २५ गते सुनको भाउ प्रतितोला १ लाख ५ सय पुगेको थियो।

यसअघि शुक्रबार सुन तोलामा ४ सयले घटेर ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको मूल्य १ लाख पुगेको छ।

आज प्रतितोला चाँदी १३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको  छ ।


Published :पुस ३, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media