प्रतिनिधिसभा सदस्यहरुको शपथ पुस ७ गते

काठमाडौं । प्रतिनिधिसभा सदस्यहरुको शपथ बिहीबार हुने भएको छ। संघीय संसद् सचिवालयका सचिव गोपालनाथ योगीले पुस ७ गते दिउँसो १ बजे सांसदहरुको शपथ खुवाउने तयारी रहेको जानकारी दिए ।

शपथ गराउने तीन दिनअगावै संघीय संसद् सचिवालयले सूचना जारी गर्नुपर्ने हुन्छ । प्रतिनिधिसभा नियमावलीको व्यवस्थाअनुसार कुनै सांसदले मातृभाषामा शपथ लिने भए तीनदिन अगावै सूचना दिनुपर्ने व्यवस्था छ ।

संघीय संसद सचिवालयले प्रतिनिधिसभाका सांसदहरुको विवरण केलाइरहेको छ ।  सचिवालयले शपथका लागि जेष्ठ सदस्यको विवरण निर्वाचन आयोगसमक्ष माग गरेको थियो । निर्वाचित सांसदमध्येका जेष्ठ सदस्यले शपथ खुवाउने प्रावधान छ ।

राजनीतिक दलले निर्वाचन आयोगमा बुझाएको विवरणअनुसार तीनजना सांसदको उमेर ८० वर्ष र एक सांसदको उमेर ८५ वर्ष पुगेको छ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र राप्रपाका नेता पशुपति शमशेर जबराको उमेर ८० वर्ष पुगेको निर्वाचन आयोगको अद्यावधिक विवरणमा उल्लेख छ ।


Published :४ पुष २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media