काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका छन् । राष्ट्रपति निवास शीतल निवासमा आयोजित एक कार्यक्रममा राणाले राष्ट्रपति भण्डारीबाट बुधबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । राणा राप्रपाका समानुपातिक सांसद हुन् ।
उनको जन्म विसं १९९८ बैशाख २५ गते काठमाडौंको महाराजगन्ज भएको थियो । प्रतिनिधिसभा सदस्यलाई ज्येष्ठ सदस्यले सपथ खुवाउने प्रावधान छ । सोहीअनुरुप राणाले भण्डारीसमक्ष शपथ लिएका हुन्। समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलगायत सहभागी थिए ।
बिहीबार राणाले अन्य सांसदहरुलाई शपथ खुवाउने कार्यसूची छ ।