आज पनि झ-यो शेयर बजार,  ८६ करोड ३८ लाखको कारोबार

काठमाडौं । सेयर बजारमा उतारचढाव कायमै छ । आज नेप्से परिसूचक ५.८९ अंकले झरेर १८६७.२२ विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स १.३१ प्रतिशतले झरेको छ ।

कारोबारमा आएका १३ समूहमध्ये १२ को सूचक घट्यो भने १ को बढ्यो । यस दिन फाइनान्स समूहको सूचक सर्वाधिक १.५० प्रतिशतले घट्दा आदर्शको १.३९ प्रतिशतले घट्यो ।

१२ समूहको सूचक ओरालो लाग्दा बैंकिङ समूहको सूचक ०.२७ प्रतिशतले बढ्यो। यसदिन दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो।

आधिखोला लघुवित्त वित्तीय र सिर्जनशील लघुवित्त वित्तीयको सूचक १० प्रतिशतले बढेको हो । कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक शीर्षस्थानमा रह्यो। सो बैंकको ११ करोड ८२ लाख मूल्य बराबरको सेयर कारोबार भयो ।

आज २५२ कम्पनीको २४ लाख ४० हजार ३०७ कित्ता सेयर ८६ करोड ३८ लाख १६ हजार ५६१ रुपैयाँमा खरिदबिक्री भयो।

अघिल्लो कारोबार दिन मंगलबार ९३ करोड ८ लाख ३९ हजार ९०१ रुपैयाँमा खरिदबिक्री भएको थियो । सो दिन नेप्से १४.२२ अंकले बढेर १८७१.११ विन्दुमा अडिएको थियो ।

त्यसअघि सेयर कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक २७.५४ अंकले घटेको थियो। सो दिन १ अर्ब १५ करोड मूल्य बराबरको कारोबार भएको थियो।

सोमबार फेरि सूचक ३.८३ अंकले बढेर १८५८.८९ विन्दुमा पुगेको थियो। नेप्से सामान्य अंकले बढे पनि कारोबार रकम भने घटेको थियो। सोमबार ८८ करोड ६० लाख ९८ हजार मूल्यको सेयर कारोबार भएको थियो ।


Published :पुस ६, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media