प्रदेश १, मधेश र बागमतीका एक-दुई स्थानमा वर्षाको सम्भावना

काठमाडौं । आज दिउँसो देशका तीनवटा प्रदेशमा वर्षा हुने सम्भावना देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

शनिबार रातको समयमा देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


Published :९ पुष २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media