बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ सय रुपैयाँले बढेको हो ।

शुक्रबार १ लाख ३ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा १ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज तेजाबी सुन पनि १ लाख रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदी तोलामा १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Published :पुस १०, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media