गठबन्धन बैठक सकियो, एमाले अध्यक्ष ओली भेट्न प्रचण्ड बालकोटतिर

काठमाडौं । वालुवाटरमा जारी सत्ता गठबन्धनको बैठक सकिएको छ । नयाँ जनादेशअनुसार सरकार गठनका लागि कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समावादीका अध्यक्ष माधवकुमार नेपाल, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल बिहान करिब ११ बजेदेखि छलफलमा रहेका थिए ।

बैठकको सुरुमा प्रचण्ड, नेपाल र देउवामात्रै सहभागी  रहेका थिए । पछि खनाल पनि थपिएका थिए । बैठक सकिएलगत्तै माओवादीका अध्यक्ष प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोटतिर लागेको स्रोतले बताएको छ ।

गठबन्धन बैठकमा सहमित जुट्न नसकेको स्रोतले जनायो । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आज बेलुकी पाँच बजेसम्मको समय दिएपछि नेताहरू आ-आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि दौडधुपमा लागेका छन् ।


Published :१० पुष २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media