काठमाडौं । नवनियुक्त गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेका छन् । गृह मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले बलात्कारपछि हत्या भएकी निर्मला पन्तको न्यायका लागि पहल गर्ने निर्णय गरेका छन् ।
उनले पदभारपछि पहिलो निर्णयका रुपमा बलत्कारपछि हत्या भएकी निर्मला पन्तको हत्या अनुसन्धान गर्ने पहिलो निर्णय गरेका हुन् ।
पदभारपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो नागरिकताबारे भइरहेको अनुसन्धानमा सहयोग गर्ने बताएका छन् ।