मन्त्रिपरिषदमा पनि प्रतिपक्षको सशक्त भूमिका निभाउने गृहमन्त्री लामिछानेको उद्घोष

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफूहरुले मन्त्रिपरिषदमा पनि प्रतिपक्षको सशक्त भूमिका निर्वाह गर्ने बताएका छन् । सोमबार गृह मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले आफूहरु खाली पदका लागि मात्र सरकारमा नआएको बताए ।

‘क्याबिनेटभित्र पनि प्रतिपक्षको आवश्यकता पर्छ । त्यहाँ भएका साथीहरुबाट पनि कहीँ कतै आमजनताको पीरमर्का नबुझ्ने अथवा कुनै गलत चिज हुन्छ कि भन्नका लागि त्यहाँ पनि प्रतिपक्षको भूमिका रहन्छ । हाम्रो भूमिका त्यहाँभित्र पनि प्रतिपक्षको हुन्छ’ उनले भने ।

 


Published :११ पुष २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media