जसपाले संसदीय दलको निर्वाचन भोलि गर्ने

काठमाडौं । जनता समाजवादी पार्टीले संसदीय दलको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । संघीय संसदमा छैठौं दल रहेको जसपाले बुधबार हुने निर्वाचनको तालिका आज सार्वजनिक गरेको हो ।

पार्टीको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले भोलि बिहानदेखि चुनावी प्रक्रिया सुरु हुने बताए । तालिका अनुसार भोलि बिहान ११ देखि १२ बजेसम्म मनोनयनपत्र दर्ताको समय तोकिएको छ।

मध्यान्ह १२ बजेदेखि १२.३० सम्म उम्मेदवारको नामावली प्रकाशन  गर्ने,दिउँसो १२:३० देखि १:३० बजेसम्म नाम फिर्ता लिने, १.३० देखि २ बजेसम्म दावी विरोध र २ बजेदेखि २;३०सम्म अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

यस्तै दिउँसो २:३० देखि ३:३० बजेसम्म मतदानको समय रहेको छ।  दिउँसो ३:३० बजेपछि मतदानको परिणाम सार्वजनिक गरिने जसपाले जनाएको छ ।

प्रतिनिधिसभामा जसपाका १२ सांसद छन् । जसपा अध्यक्ष उपेन्द्र यादव पराजित भएका छन् । संघीय परिषद्का अध्यक्ष अशोक राई, राजकिशोर यादव र रामसाहयप्रसाद यादव दलको नेतामा प्रमुख दाबेदार हुन् ।


Published :१२ पुष २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media