नयाँ वर्षको पूर्वसन्ध्यामा रुसद्वारा युक्रेनमा दर्जनौं मिसाइल आक्रमण

किभ । युक्रेनी अधिकारीहरूले नयाँ वर्षको पूर्वसन्ध्यामा रुसले किभमा दर्जनौं मिसाइलहरू प्रहार गरेको बताएका छन् । आक्रमणमा एकजनाको मृत्यु पनि भएको छ ।

अन्तर्राष्ट्रिय समाचार सेवा बीबीसीका अनुसार युक्रेनको राजधानी किभका मेयर भिटाली क्लिस्कोले शनिबार सहरमा धेरै विष्फोट भएको बताएका छन् । रुसले दुई दिनअघिमात्र यस युद्धकै ठूलो हवाई हमला गरेको हो ।

दुई दिनअघि भएको हवाई हमलालाई यो युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो आक्रमणको रूपमा वर्णन गरिएको थियो । युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले युक्रेनीहरूलाई नयाँ वर्ष मनाउनबाट रोक्न रुसले थप आक्रमण गर्न सक्ने चेतावनी दिएका छन् ।

माइकोलाइभका गभर्नर भिटाली किमले फेसबुकमा रुसको मिसाइल आक्रमणको पुष्टि गरेका छन् । उनले आक्रमणकारीहरूले  नयाँ वर्षको उत्सव बिगार्ने निर्णय गरेको बताए। (बीबीसी)


Published :१७ पुष २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media