नाटकीय रुपमा बनेको खिचडी सरकारमा आफैँ खोजेर जाँदैनौः नेकपा एस

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । बैठकमा बोल्ने स्थायी कमिटी सदस्यले अहिले राष्ट्रिय संकटको स्थिति पैदा भएको बताएका छन् ।

बैठकमा वर्तमान सरकारमा सहभागी हुने नहुने बारे नेताहरूले आआफ्नो धारणा राखेका छन् । बैठकमा बोल्ने नेताहरूले वर्तमान सत्ता समीकरण नाटकीय रुपमा तयार भएकाले त्यसलाई राम्ररी अध्ययन गरेर मात्र निर्णय गरिनुपर्ने बताएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पटक-पटक भेटेर सरकारमा आउन आग्रह गरे पनि औपचारिक कुनै प्रस्ताव नआएकाले आफैँ खोजेर सरकारमा जान नहुने राय अधिकांश स्थायी कमिटी सदस्यको छ ।

सरकारलाई समर्थन र सरकारमा जाने कुरा फरक रहेको बताउँदै नेताहरूले यो खिचडी सरकार बनेकाले नेकपा एकीकृत समाजवादीको समर्थन दिँदा र नदिँदा कुनै असर नगर्ने भएकाले अहिले नै सरकारको समर्थन र सरकारमा जाने कुरा पार्टीले अघि नसार्ने बताएका छन् ।


Published :१७ पुष २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media