जुत्ताचप्पलको औद्योगिक प्रदर्शनी हुने

काठमाडौँ ।  नेपाल फुटवेयर एशोसियशनले राजधानीमा तीन दिने जुत्ताचप्पलको औद्योगिक प्रदर्शनी गर्ने तयारी गरेको छ  । सो प्रदर्शनीको उदघाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने आयोजकले जनाएको छ । गोल्डस्टार १६ औँ अन्तर्राष्ट्रिय जुत्ताचप्पल औद्योगिक प्रदर्शनी–२०७९ हुन लागेको सो संस्थाका उपाध्इक्ष रुद्रप्रसाद न्योपानेले बताए । उक्त प्रदर्शनी पहिलो पटक स्वदेशी र विदेशी उद्योगी तथा व्यवसायीबीच परस्पर व्यवसाय प्रवर्धन गर्ने उद्देश्यले आयोजना हुने आयोजकको दावी छ ।

पाललाई आवश्यक पर्ने उत्पादनका लागि नेपाली जुत्ताचप्पल उद्योग सक्षम रहेको उपाध्यक्ष न्यौपानेले बताए । पछिल्लो समय नेपालमा उत्पादन भएका १ करोड जोर जुत्ता विदेशमा निर्यात हुने गरेको उनको दावी छ ।

नेपाल जुत्ताचप्पलमा आत्मनिर्भर रहेको भन्दै जुत्ता उत्पादकहरु नयाँ मोडल र नयाँ प्रविधिसहितको गुणस्तर बढाउन लाग्ने बताए । सरकारले जुत्ता चप्पल उद्योगी व्यावसायीहरुको लागि बनाइएका नीति नियमहरुको स्थायित्व नहुँदा चोरी पैठारीको समस्या रहेको व्यावसायीहरुको भनाइ छ । नेपाली उत्पादन जुत्ताचप्पल अन्तर्राष्ट्रिय ब्राण्डसँग प्रतिष्पर्धा गर्न सक्षम रहेको न्यौपानेले बताए ।


Published :१८ पुष २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media