काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्लास्थित सुरक्षा प्रमुखहरूको संयुक्त बैठक डाकेका छन्।
गृहमन्त्रीका निजी सचिव दिपक बोहोराका अनुसार देशैभरको शान्ति र सुरक्षाको अवस्था बुझ्नका लागि भर्चुअल बैठक राखिएको हो।
‘यो नियमित काम नै हो । जनताको शान्ति तथा सुरक्षा व्यवस्था सहज बनाउनका लागि गृहमन्त्रीले पहल गर्नुभएको छ’, उनले भने।
मन्त्री लामिछानेको निर्देशनमा गृह मन्त्रालयले आज सोमबार बिहान ९ बजेका लागि भर्चुअल बैठक राखेका हुन् ।
जसमा ७७ वटै प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख र जिल्ला सुरक्षा समितिमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुखहरूको सहभागिता हुनेछ ।