प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिने तयारी थालेका छन् ।

प्रधानमन्त्री प्रचण्डले सोमबार संघीय संसदका महासचिवलाई पत्र लेख्दै आफूले २६ गते विश्वासको मत लिन चाहेको उल्लेख गरेका छन् ।

उनले संसद्का महासचिवलाई सम्बोधन गर्दै व्यवस्था मिलाउन समेत आग्रह गरेका छन् । प्रधानमन्त्री प्रचण्डले गत सोमबार प्रधानमन्त्रीको शपथ लिएका थिए ।


Published :१८ पुष २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media