काठमाडौं । नेप्से परिसूचक १७.५६ अंकले बढेर २०६३.८३ विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स ०.८८ अंकले वृद्धि भएर ३९४.८९ विन्दुमा अडिएको छ ।
यस दिन नेप्से परिसूचक दोहोरो अंकले बढे पनि कारोबार रकम भने आइतबारको तुलनामा घटेको छ ।
आज २ अर्ब ९६ करोड मूल्यको सेयर कारोबार भयो । साताको पहिलो कारोबार दिन आइतबार ४ अर्ब ४ करोड ८८ लाखको सेयर कारोबार भएको थियो । सोमबार २५३ कम्पनीको ८२ लाख ७१ हजार ३५५ कित्ता सेयर २ अर्ब ९६ करोड ९ लाख २७ हजार ४४० रुपैयाँमा खरिदबिक्री भयो ।
आज चार कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
१६ करोड ८४ लाख मूल्य बराबरको सेयर कारोबार गरी नविल बैंक शीर्षस्थानमा रह्यो। यस्तै, हिमालयन डिस्टिलरीको १६ करोड ६४ लाख मूल्य बराबरको कारोबार गरी दोस्रो स्थानमा रह्यो । कारोबारमा आएका १३ उपसमूहमध्ये १० को मूल्य बढ्यो भने ३ को घट्यो ।
मनु एन्ड प्रो, म्युचुअल फण्ड र अदर्श उपसमूहको सूचक नकारात्मक देखिएको हो ।