काठमाडौँ महानगरका मेयर बालेनद्वारा निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । निर्वाचन आयोग विरुद्ध काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सर्वोच्च अदालतमा रिट दिएका छन् ।

निर्वाचन खर्च विवरण नबुझाएको भन्दै आयोगले बालेनसहित स्थानीय तहको निर्वाचनका धेरै उम्मेदवारलाई जरिवाना गर्ने निर्णय गरेको थियो । आयोगको सो निर्णयविरुद्ध बालेनले सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।

साहले सर्वोच्च अदालतको संवैधानिक इजलासबाट आयोगको सो निर्णय बदर गर्न माग गरेका छन् ।

निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्नु पर्नेमा ३० औं दिनमा सार्वजनिक विदा परेकाले त्यसको भोलिपल्ट पेश गरेको बालेनको दावी छ ।

साथै उनले कुनै पनि ऐन र संविधानमा नभएको व्यवस्था निर्वाचन आयोगले जबर्जस्ती लागू गराउन खोजेको जिकिर गरेका छन् ।


Published :१९ पुष २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media