काठमाडौँ । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री डा. भीमबहादुर रावलले यो सरकारलाई शान्ति प्रक्रियाको संक्रमणकालको अभ्यास गर्ने छुट नभएको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटमा लेख्दै नेता रावलले सो कुरा बताएका हुन् ।
उनले सत्ता स्वार्थमा मन्त्रालय फुटाएर संख्या बढाउने र उपप्रधानमन्त्रीको संख्या बढाउने काम पनि सुशासन र जनचाहना विपरित भएको बताएका छन् । उनले लेखेका छन्, “नेपालको संविधान जारी भएपछि दोस्रो आमनिर्वाचनपछिको यो सरकारलाई शान्ति प्रक्रियाको संक्रमणकालको अभ्यास गर्ने छुट छैन ।”