एकीकृत समाजवादीले सरकारलाई विश्वासको मत दिने

काठमाडौं । एकीकृत समाजवादीले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

बिहीबार बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो । तर, सरकारमा भने सहभागी नहुने उसले निर्णय गरेको छ ।

१० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्ड २६ पुसमा प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारीमा रहेका छन् । २५ पुसमबाट संघीय संसदको अधिवेशन सुरु हुँदै छ ।

२६ पुसमा बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने व्यवस्था गरिदिने प्रधानमन्त्री प्रचण्डले संघीय संसद सचिवालयलाई पत्राचार गरिसकेका छन् ।


Published :२१ पुष २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media