शेयर बजार २२ सय बिन्दुमाथि, ५ अर्ब ३१ करोड बढीको कारोबार

काठमाडौं । लामो समयपछि नेप्से परिसूचक २२ सय बिन्दुमाथि पुगेको छ। नेप्से बढेसँगै लगानीकर्ता उत्साहित भएका छन् । आज नेप्से परिसूचक ४७.७६ अंकले बढेर २२११.३८ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ८.६१ अंकले बढेर ४१९.८४ विन्दुमा अडिएको छ।

नयाँ सरकारले पुँजी बजारलाई प्राथमिकतामा राखेपछि त्यसको प्रभाव सेयर बजारमा देखिन थालेको सेयर बजार विश्लेषक बताउँछन् ।

यसदिन २५७ कम्पनीको १ करोड ४७ लाख ७६ हजार २०६ कित्ता ५ अर्ब ३१ करोड ४३ लाख ७ हजार ८५३.४३ रुपैयाँ बराबरको सेयर कारोबार भयो।

यो मूल्य आइतबारको भन्दा कम हो । पहिलो कारोबार दिन आइतबार ५ अर्ब ४५ करोड मूल्य बराबरको सेयर किनबेच भएको थियो। सो दिन नेप्से परिसूचक २०.६९ अंकले बढेको थियो।

आज दर्जन बढी कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

कारोबार रकमका आधारमा रिद्धी पावर शीर्षस्थानमा रह्यो। सो कम्पनीको २० करोड ६८ लाख मूल्यको सेयर खरिदबिक्री भयो ।


Published :२५ पुष २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media