आज मिति २०७९ पुस २६ गते मंगलबार, ई.सं १० जनवरी, २०२२ । तिथि- माघ कृष्णपक्ष तृतीया, ९ः५७ बजे उप्रान्त चतुर्थी, नक्षत्र- अश्लेषा, ७ः३४ बजे उप्रान्त मघा, योग- प्रीति, करण- भद्रा, चन्द्रराशि- कर्कट, सूर्योदयः ६ः५८, सूर्यास्तः १७ः२५ ।
मेष : जीवनसाथीका बीचमा मनोमालिन्य हुन सक्छ ।
वृष : हाके-ताकेका काम सम्पन्न हुन थाल्नेछन् ।
मिथुन : मन आनन्द प्राप्तिका लागि आकर्षित बन्नेछ ।
कर्कट : एक्लोपन र निराशाले सताउनेछ ।
सिंह : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।
कन्या : परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ ।
तुला : खर्च बढे पनि घरायसी सुख सुविधाका सामग्रीको जोहो हुनेछ ।
वृश्चिक : बन्द व्यापार र पेसाबाट नोक्सानी बेहोर्नुपर्ने देखिन्छ ।
धनु : तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुनसक्छ ।
मकर : प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ ।
कुम्भ : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।
मीन : सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय आएको छ ।