बूढानिलकण्ठ। बूढानिलकण्ठ नगरपालिकाका तेर्हौं प्रमुख प्रशासकीय अधिकृत भुवनेश्वर लामिछानेले बूढानिलकन्ठ नगरपालिकाका पुर्व नगर प्रमुख उद्दव खरेललाइ मिस गरेको संकेत गरेका छन्। भर्खरै यस नगरपालिकामा एक बर्षे कार्यकाल पूरा गरेर उनले नयाँ रेकर्ड कायम गरेका थिए। स्थानीय तहको निर्वाचन पश्चात कुनै पनि प्रमुख प्रशासकीय अधिकृतले एक बर्ष पूरा गर्न सकेका थिएनन।
एक बर्ष कार्यकाल पूरा गरेपछि राष्ट्रपाटि डट कमको विशेष टक शो “राष्ट्रपाटी विशेष” मा अन्तर्वार्ता दिंदै उनले सबैको साथ सहयोग र समर्थनमा आफूले काम गर्न पाएको भन्दै सबैलाई धन्यवाद दिएका थिए। अन्तर्वार्ताको क्रममा वर्तमान नगर प्रमुख मिठाराम अधिकारी तथा पूर्व नगर प्रमुख उद्दव खरेललाइ समेत उनले धन्यबाद दिएका थिए।
अन्तर्वार्ता हेरेर पूर्व नगर प्रमुख उद्दव खरेलले राष्ट्रपाटी डट कमको आधिकारिक फेसबुक पेजमा “बिषय बस्तु समेटिएको प्रस्तुती राम्रो लाग्यो।” भन्दै कमेन्ट गरेका छन्। त्यसको रिप्लाई दिंदै प्रमुख प्रशासकीय अधिकृत लामिछानेले मिस यु सर भनेर लेखेका छन्। उनको यो कमेन्ट सामान्य कमेन्ट मात्र नभई विशेष अर्थ राख्ने प्रतिक्रिया भएको बूढानिलकन्ठ नगरपालिकाका एकजना अधिकृतको भनाइ रहेको छ।
बूढानिलकण्ठ नगरपालिकाका तेर्हौं प्रमुख प्रशासकीय अधिकृत भुवनेश्वर लामिछाने संगको विशेष अन्तर्वार्ता तलको लिंकमा हेर्न सकिने छ।