बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु

काठमाडौं । मन्त्रिपरिषदको आकस्मिक बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएपछि सो विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आकस्मिक बैठक बोलाएका हुन् ।

बैठकअघि प्रधानमन्त्री प्रचण्ड र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र नेपाल वायु सेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापासहितको टोली त्रिभुवन विमानस्थल पुगेर दुर्घटनास्थितको बारेमा बुझेका थिए ।

प्रधानमन्त्रीले विमानस्थलमा रहेको उद्दार समन्वय केन्द्रमा पुगेर घटनाको विस्तृत विवरण लिए थिए । निरीक्षणका क्रममा प्रधानमन्त्रीले दुर्घटना हुनुको प्राविधिक र अन्य कारणबारे जानकारी लिएका थिए ।

काठमाडौंबाट ६८ यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरा विमानस्थलमा अवतरण गर्दा दुर्घटना भएको हो । विमानमा चालक दलका ४ सदस्यसहित ७२ यात्रु सवार थिए । विमान पाइलट कमल केसीले उडाएका थिए ।


Published :१ माघ २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media