७१औं मिस युनिभर्स अमेरिकाकी आर बोनी

काठमाडौं । अमेरिकाकी आर बोनी गेब्रियलले ७१औं मिस युनिभर्सको उपाधि हात पारेकी छिन् । उनलाई अघिल्लो संस्करणकी विजेता भारतकी हरनाज सन्धुले ताज पहिराएकी थिइन् । फेसन डिजाइनरसमेत रहेकी २८ वर्षीया ग्राबियल हृयुस्टन, टेक्ससकी बासिन्दा हुन् ।

अमेरिकाको न्यू अर्लिन्स शहरमा भएको प्रतियोगितामा फष्ट र सेकेण्ड रनरअप क्रमशः भेनेजुएलाकी अमाण्डा डुडामेल र डोमिनिकन रिपब्लिककी एन्ड्रिना मार्टिनेज भए । यस प्रतियोगितामा विश्वभरबाट ८६ सुन्दरीहरूको सहभागिता रहेको थियो । जसमा नेपालबाट सोफिया भुजेलले प्रतियोगितामा सहभागिता जनाएकी थिइन् । भुजेलले अन्तिम १६ मा समेत स्थान बनाउन सकिनन् ।


Published :२ माघ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media