काठमाडौं । वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतले सम्पूर्ण जीवनको तपस्याको परिणाम आफुले इसा अवार्ड पाउन लागेको भन्दै खुसी व्यक्त गरेका छन् ।
बुधबार काठमाडौंमा पत्रकारसँग कुरा गर्दै डा रुइतले इसा अवार्ड अहिलेसम्मको सबैभन्दा ठूलो पुरस्कार भएको र यो सम्पूर्ण जीवनको तपस्याको परिणाम भएको बताएका हुन ।
जिन्दगीमा धेरै अवरोधहरु सहेको र धरै सान्त्वना तथा पुरस्कार पनि पाएको भन्दै सवै कुराले आफुलाई अघि बढाउन प्रेरित गर्ने उनले बताए । उनले पुरस्कारले नेपालको आत्मसम्मानलाई पनि निकै माथि उठाएको जिकिर गरेका छन् । उनले नेपालको पहुँच नपुगेको स्थानमा पनि सेवा पुराउन प्रतिवद्ध भएर लागिरहेको जिकिर गरेका छन् ।
त्यस्तै उनले सबै मिलेर राष्ट्रपतिको गरिमा बढाउनुपर्ने भन्दै उक्त पद आफ्ना लागि नभएको र आफुले आफ्नो लिमिटेसन र स्थान राम्रोसँग बुझेको तर्क गरेका छन् ।
एसियाको नोबेल मानिने म्यागासेसे पुरस्कार पाएका विश्वविख्यात आँखा सर्जन डा. रूइतलाई बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापना गरिएको इसा अवार्ड दिन लागिएको हो । पुरस्कारको राशि १० लाख डलर रहेको छ ।