घट्यो सुनको मूल्य, चाँदीको भने स्थिर

काठमाडौ‌ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ घटेको हो । यसअघि गत साताको कारोबार दिन शुक्रबार तोलामा सात सय रुपैयाँ बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भएकाे थियो ।

आइतबार तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ५ रुपैयाँ तोकिएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य भने स्थिर छ । आइतबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।


Published :८ माघ २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media