राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. मीनबहादुर श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन् ।

मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । श्रेष्ठलाई प्रधानमन्त्री एवं आयोगका अध्यक्ष पुष्षकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

यसअघि २०७३ सालमा प्रचण्ड प्रधानमन्त्री हुँदा पनि श्रेष्ठले आयोगको उपाध्यक्ष भएर जिम्मेवारी सम्हालेका थिए ।


Published :९ माघ २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media