एटीसीको निर्देशन नमानेको आरोपमा वायुसेवा निगमका तीन पाइलटलाई निलम्बन

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलायन्सका तीन जना पाइलटलाई कारबाही सिफारिस गरेको छ । प्राधिकरणले पाइलटहरू नरबहादुर विश्वकर्मा, राजेश कुश्वाहा र उद्‍ब घिमिरेलाई कारबाही गर्न सिफारिस गरेको हो ।

गत शुक्रबार हङकङमा जोखिमपूर्ण ल्यान्डिङ गराएको र एयर ट्राफिक कन्ट्रोल (एटीसी)को निर्देशनसमेत नमानेको भन्दै प्राधिकरणले नेपाल वायु सेना निगमलाई तीनै जना पाइलटलाई निलम्बनसहित कारबाही गर्न निर्देशन दिएको हो ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले नेपाल एयरलायन्सका तीन जना पाइलटलाई कारबाही सिफारिस गरेको पुष्टि गरे । हङकङको सिभिल एभियसनले नेपाल एयर लायन्सका ती पाइलटहरूले एटीसीको निर्देशन नमानेको जानकारी गराएको प्रवक्ता निरौलाको भनाइ छ ।

‘हङकङको सिभिल एभियसनले हामीलाई जानकारी गराएपछि हामीले कारबाहीको सिफारिस गरेका हौं । यस विषयमा प्राधिकरणले छानबिन प्रक्रिया अगाडि बढाउँछ,’ उनले भने ।


Published :९ माघ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media