काठमाडौं । नवनिर्वाचित उपसभामुख इन्दिरा रानाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन् ।
राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख देवराज घिमिरेले उपसभामुख रानालाई शपथ खुवाएका हुन ।
गत शनिबार सत्ता गठबन्धनको सहयोगमा राना उपसभामुखमा निर्वाचित भएकी थिइन् । उपसभामुखमा निर्वाचित भएसँगै उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट अलग भएको घोषणा गरेकी छिन् ।