बूढानिलकण्ठमा सम्पन्न भयो संयुक्त ल्होसार कार्यक्रम

बूढानीलकण्ठ। बूढानीलकण्ठमा यस वर्ष तामाङ्गहरुको नयाँ वर्ष सोनाम ल्होछारको दिन अलि भिन्न बनेको छ । बाघ वर्ष अर्थात (तेल्हो) लाई बिदाई गर्दै बिरालो वर्ष (हिल्हो) मा प्रवेश गरेको छ । ल्होछारको रौनकले आज नगरपालिकाका सबै जातजाती, समुदाय, तथा नगरवासीहरु विविध लोक सांस्कृतिक गाना तथा नाचमा एकैसाथ झुमेका थिए ।

स्थानिय तहमा विविध समुदायहरु जसमा गुरुङ्ग, शेर्पा, तामाङ्ग लगायतको (तमु, सोनाम र ग्याल्बो) संयुक्त ल्होछार/ ल्होसार धुमधामले मनाइएको यो पहिलो पटक हो।ख्यामा थियो ।

२८५९औँ सोनाम ल्होसारको अवसर पारेर बु.न.पा नगर उप-प्रमुख अनिता लामाको संयोजक्त्वमा नगरपालिकाभित्र रहेका विभिन्न जातजाती, भेषभुषा, कला, संस्कृति, नाच तथा यहाँका धार्मीक तथा जातिय सांस्कृतिक विविधतालाई झल्काउने र प्रवर्द्धन गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको थियो।

नगर प्रमुख मिठाराम अधिकारीको सभापतित्वमा भएको उक्त कार्यक्रम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका माननीय मन्त्री राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यता रहेको थियो भने, विशेष अतिथिमा बागमती प्रदेश सभा सदस्य माननीय मिना पराजुली, अतिथिहरुमा बागमती प्रदेश सभाका निवर्तमान माननीय दिपक निरौला र सीता लामा, नगरपालिकाका पूर्व नगर उप-प्रमुख रमा देवी राई लगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, नगरपालिकाका विभिन्न वडाका अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, वडाका सदस्यहरु, नगरपालिकाका कर्मचारीहरु लगायत विभिन्न राजनैतिक दल तथा संघ-संस्थाहरुका विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

औपचारिक कार्यक्रमहरु सँगसँगै नगरपालिकाका विभिन्न स्थान तथा समुहहरुद्वारा आफ्नो मौलिकता झल्काउने नृत्य, झाँकी तथा भोम्बो नाच, तामाङ्ग सेलो, कौडा, शेर्पा नाच, किराँत राई यायोक्ख, नेवार समुयदायहरुको बाँसूरी खलः को प्रस्तुति लगायत सामुहिक तथा एकल प्रस्तुतिहरु समेटिएका थिए । जसमा बु.न.पा २ को कृयाशिल शेर्पा समुदायको साँस्कृतिक प्रदर्शनी, वडा नं ०१ र ०५ बाट संयुक्त झाँकि तथा भोम्बो नाँच, वडा नं ०२ किराँत राई यायोक्ख प्रस्तुति, वडा नं २ बाट पञ्चकुमारी बासुरी खल: को सांगीतिक प्रस्तुति, लगायत अन्य एकल तथा सामुहिक प्रस्तुतिहरु प्रदर्शन गरेका थिए ।

 


Published :९ माघ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media