कपन साहित्य समाजको सम्मान तथा विमाेचन कार्यक्रम सम्पन्न

काठमाडौँ। कपन साहित्य समाजले “कसास यात्री सम्मान” दुइ विशिष्ट व्याक्तिहरुलाइ प्रदान गरेको छ। बूढानिलकण्ठ नगरपालिका वडा नम्बर १० मा रहेको कार्यालयमा आयोजित बिशेष समारोहमा समाजले ‘कसास यात्री स्मृति सम्मान-२०७७’ वरिष्ठ साहित्यकार प्रा डा अभि सुवेदीलाई र ‘कसास यात्री स्मृति सम्मान-२०७८’ वरिष्ठ साहित्यकार प्रा डा गार्गी शर्मालाई प्रदान गरेको छ।

उक्त सम्मान कपन साहित्य समाजका परिकल्पनाकार एवं संस्थापक संरक्षक साहित्यकार अन्वेषक स्व. पूर्णप्रकाश नेपाल यात्रीको स्मृतिमा स्थापना गरिएको हो। साथै उक्त समारोहमा ” कपन दर्पण ” कविता विशेषाङ्क समेत विमाेचन गरिएको थियो।

कपन साहित्य समाजका अध्यक्ष गणेशकुमार मिश्रको अध्यक्षतामा आयोजित कार्यक्रममा समाजका संरक्षक तथा बुढानिलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारी प्रमुख अतिथिको रुपमा उपस्थित भएका थिए। उक्त कार्यक्रममा सम्मानित श्रष्टा प्रा डा अभि सुवेदी र प्रा डा गार्गी शर्माका वारेमा पूर्ण प्रकाश नेपाल यात्रीका सुपुत्र प्रा डा शैलेन्दु प्रकाश नेपालले टिप्पणी गर्नुका साथै पुस्तकको बारेमा व्याख्या गरेका थिए।


Published :माघ २१, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media