सुपरमाई हाइड्रोको आइपीओ बाँडफाँट, कसलाई कति कित्ता ?

राष्ट्रपाटी न्युज

५ फाल्गुन २०७९

काठमाडौं । सुपरमाई हाइड्रोपावरको आइपीओ शुक्रबार बिहान बाँडफाँट भएको छ । यस कम्पनीको आइपीओ बाँडफाँटमा ४१ हजार ५०० जनाले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर हात पारेका छन् ।

उक्त आइपीओका लागि कुल १३ लाख २२ हजार ४९२ जनाले आवेदन दिएकोमा ४ हजार १७२ जनाको आवेदन रद्द भएको बिक्री बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।

कम्पनीले माघ २३ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि ४ लाख १५ हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागी कुल ५ लाख कित्तामध्ये १० प्रतिशत अर्थात् ५० हजार कित्ता सेयर  बिक्री गरेको थियो ।

यस्तै, सामूहिक लगानी कोषको लागि ५ प्रतिशत अर्थात् २५ हजार कित्ता र २ प्रतिशत अर्थात् १० हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि छुट्याएको हो । बाँकी रहेको सेयर कम्पनीले सर्वसाधारणमा वितरण गरेको हो ।

लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ ।


Published :५ फाल्गुन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media