पल शाहले पाए उच्च अदालत पोखराबाट सफाइ

राष्ट्रपाटी न्युज

फाल्गुन १४, २०७९

काठमाडौं । अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखरामा सफाइ माग गर्दै दिएको रिट निवेदनको सुनुवाइ गर्दै सफाइ दिएको हो ।

उच्च अदातल पोखराका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।

पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको र भोलि रिहा हुने बताए ।

अदालत परिसरमा सञ्चारकर्मीको भीड लागेको छ । शाहलाई जिल्ला अदालत नवलपरासी पूर्वले बाल यौन दुरुपयोगको आरोपमा साढे २ वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिने फैसला गरेको थियो । उक्त फैसलाविरुद्ध सरकारी वकिल र पल शाह दुबै पक्षले उच्च अदालतमा पुनरावेदन दिएका थिए । उनलाई तनहुँ जिल्ला अदालतले यसअघि सफाई दिइसकेको छ ।


Published :फाल्गुन १४, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media