सन्दिप लामिछानेलाई विदेश जान अनुमति

राष्ट्रपाटी न्युज

१५ फाल्गुन २०७९

काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जान अनुमति दिएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले सोमबार सन्दीपलाई विदेश जान दिने निर्णय गरेको हो ।

क्रिकेटर लामिछानेले युएइमा क्रिकेट खेल्न जान दिनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।

सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले लामिछानेलाई विदेश जान दिने आदेश भएको जानकारी दिए ।

यता नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत रहेका लामिछानेलाई युएई पठाउने प्रक्रिया थाल्ने भएको छ । सर्वोच्च अदालतले विदेश जाने अनुमति दिएपछि क्यानले क्रिकेट खेलमा सहभागी गराउन प्रक्रिया थाल्ने भएको हो ।

युएईमा नेपाल, युएई र पीएनजी सम्मिलित त्रिदेशीय शृखंला सुरु भएको छ । नेपालमा राम्रो प्रदर्शन गरेपछि क्यानले सन्दीपलाई युएई भ्रमणमा लैजाने तयारी गरेको थियो ।
क्यानले त्यसको जिम्मेवारी लिनेसमेत अदालतमा अपील गरेको बताइएको छ। तर यसअघि जिल्ला अदालत काठमाडौंको आदेशका कारण सन्दिप युएई जान रोकिएका थिए ।


Published :१५ फाल्गुन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media