क्रिकेट विश्वकप लिग-२: नेपालद्वारा यूएईलाई २४९ रनको लक्ष्य

राष्ट्रपाटी न्युज

२८ फाल्गुन २०७९

काठमाडौँ । क्रिकेट विश्वकप लिग-२ मा आइतबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले यूएईलाई २४९ रनको लक्ष्य दिएको छ । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४९.२ ओभरमा अलआउट हुँदै २४८ रन बनाएको हो ।

आजको खेलमा टिम नेपालबाट दुई खेलाडी परिवर्तन गरिएको छ । करण केसी र ज्ञानेन्द्र मल्ल बाहिरिएपछि ललित राजवंशी र गुल्शन झाले भित्रिएका हुन् । प्लेइङ ११ मा रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सोमपाल कामी, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, गुल्शन झा र सन्दीप लामिछाने रहेका छन् ।


Published :२८ फाल्गुन २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media