कृष्ण हुमागाईं बने नेपाल कमर्स क्याम्पसको स्वतन्त्र स्ववियु अध्यक्ष उम्मेदवार

राष्ट्रपाटी न्युज

३० फाल्गुन २०७९

काठमाडौं । नेपाल कमर्स क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि स्वतन्त्रबाट कृष्ण हुमागाईंले स्ववियु अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।

मंगलबार बिहान स्नातकोत्तर तहमा अध्ययनरत स्वतन्त्र विद्यार्थी समुहका संयोजक रोहीत पोखरेल प्रस्तावक र लक्ष्मण केसि समर्थक बसेर कृष्ण हुमागाईंले स्ववियु अध्यक्ष पदका लागि एकल उम्मेदवारी दर्ता गराएका हुन् ।

लामो समयदेखि विद्यार्थी आन्दोलनमा सक्रिय हुमागाईंले क्याम्पसको शैक्षिक मुद्दाहरुलाई मुख्य एजेण्डा बनाएर आफूले उम्मेवारी दर्ता गराएको जानकारी दिएका छन् ।

फागुन २७ गते नै उम्मेदवारी दर्ता गराउनु पर्नेमा नेपाल कमर्स क्याम्पसमा केही विद्यार्थी संगठनहरूले असन्तुष्ट जनाउदै तालाबन्दी गरेकोले त्यस दिन हुन सकेको थिएन। अन्तिममा सहमतिमा आएपछि फागुन ३० गते निर्वाचनमो थप प्रकृयाहरू अगाडि बढाइएको छ।

नेपाल कमर्स क्याम्पसमा नेविसंघ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र स्वतन्त्र उम्मेदवारले चुनावमा प्रतिष्पर्धा गर्दै छन्।

 


Published :३० फाल्गुन २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media