दोहोरो अंकले ओरालो लाग्यो शेयर बजार, कारोबार रकम १ अर्ब २० करोड बढी

काठमाडौ । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा दोहोरो अंकले ओरालो लागेको छ ।

सेयर बजार नेप्से सुचकमा १४.४४ अंकले ओरालो लागेर १९३८.६२ विन्दुमा आएर रोकिएको छ ।

यता ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा ३.०३ अङ्कले घटेर ३६५ विन्दुमा पुगेको छ ।

यसअघि मंगलबार भने सेयर बजार नेप्से सुचकमा १.८५ अंकले उकालो लागि १९५३.०६ विन्दुमा आएर रोकिएको थियो ।

बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५३ कम्पनीको ३७ लाख १६ हजार ६८४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २० करोड २१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

त्यस्तै, कारोबारको आधारमा एनआइसि एसिया शीर्ष स्थानमा छ। यसको १० करोड ३५ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै सानिमा माई हाइड्रोपावरको ७ करोड १६ लाखभन्दा बढीको कारोबार भएको छ।

यता १३ उपसुचकहरुका मध्ये ट्रेडिङ सुचक बाहेक सबै कम्पनीमा ओरालो लागेको छ । आजको कारोबारमा युनिक नेपाल लघुवित्त र सुभम पावरको १० प्रतिशतले सेयर मूल्य बढेको छ। यी कम्पनीका लगानीकर्ताले अत्याधिक कमाएका छन् ।


Published :१ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media