सरकारले हटायो दुईवर्षे श्रम स्वीकृति

काठमाडौं । सरकारले वैदेशिक रोजगारका लागि तोकिएको दुई वर्षे श्रम स्वीकृतिको प्रावधान हटाएको छ । साथै अब नेपाली दूतावासबाट नै पुनः श्रमस्वीकृति जारी गर्ने सरकारले निर्णय गरेको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार प्रधानमन्त्री स्तरको निर्णयबाट यस्तो प्रावधान हटाइएको हो ।

मन्त्रालयका अनुसार यो प्रावधान राहत तथा उद्धारसँग सम्बन्धित छ । खाडी तथा मलेसियामा नेपाल सरकारले दुई वर्षे करारपत्रमा श्रम स्वीकृति जारी गर्दै आएको थियो । दुई वर्षे करारपत्र पूरा भएपछि पुनः श्रमस्वीकृति गर्नुपर्ने बाध्यकारी प्रावधान थियो ।

अब सबै कामदारले गन्तब्य मुलुकबाट प्राप्त गरेको कार्य अनुमति–रोजगारदाता र श्रमिकबीच भएको कार्य सम्झौताका आधारलाई नै अवधि तोकिनेछ र सोही आधारमा श्रम स्वीकृति दिइने भएको छ ।

मन्त्रालयका अनुसार अब पुनः श्रम स्वीकृति लिन समेत नेपाल आउनु पर्ने छैन ।


Published :१ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media