काठमाडौँ । सुनको मूल्य शुक्रबार फेरि बढेको छ। बिहीबार तोलामै १ हजारले बढेको सुनको मूल्य शुक्रबार फेरि ४ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख ७ हजार १ सय र तेजाबी सुन १ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ बढेको छ । आज चाँदी १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।