वाग्मती प्रदेश सरकारले क्रिकेट खेलाडीलाई जनही एक लाख दिने

मकवानपुर । एकदिवसीय विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल पुरुष राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीलाई वाग्मती प्रदेश सरकारले जनही एक लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारको तर्फबाट शुक्रबार उक्त घोषणा गरेका हुन् ।

‘खेलाडीको सम्मान र हौसालाको लागि वाग्मती प्रदेश सरकारले राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीलाई जनही एक लाख दिने भएका छौं,’ उनले भने । वाग्मती प्रदेशका खेलाडीहरु समेत सम्मिलित उक्त टिमलाई जितको लागि बधाई दिँदै मुख्यमन्त्री जम्कट्टेलले थप प्रगति र सफलताको लागि शुभकामना दिएका हुन् ।

नेपालले बिहीबार घरेलु मैदान कीर्तिपुरमा यूएईलाई ९ रनले पराजित गर्दै विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाएको थियो ।


Published :३ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media