तोलामा ४६ सय रुपैयाँ घट्यो सुनको भाउ

राष्ट्रपाटी न्युज

चैत्र १३, २०८२

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य ४ हजार ६०० रुपैयाँले घटेको छ। नेपाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार यसदिन ४ हजार ६०० रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य २ लाख ८१ हजार कायम भएको छ।

अघिल्लो दिन बिहीबार २ हजार ९०० रुपैयाँले घटेर एक तोला सुनको भाउ  २ लाख ८५ हजार ६०० पुगेको थियो। त्यसअघि बुधबार एकैदिन १४ हजार  ६०० रुपैयाँले बढेर तोलाको २ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्य घटेसँगै चाँदीको भाउ भने ओरालो लागेको छ। महासंघका अनुसार यसदिन प्रतितोला चाँदी  ४ हजार ६७० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बिहीबार एक तोला चाँदी ४ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।


Published :चैत्र १३, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media