चैत्र १० गतेभित्र सरकारलाई पूर्णता दिने प्रचण्डको दाबी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत्र १० गते सरकारले पूर्णता पाउने बताएका हुन् । शुक्रबार लगानी बोर्डको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले आफूले चैत्र ६ गते विश्वासको मत लिने र त्यसको तीन/चार दिनसम्ममा सरकारले पूर्णता पाउने बताएका हुन् ।

प्रधानमन्त्री दाहालले सबै दलहरुसँग बसेर सत्ता विस्तारको बारेमा पनि छलफल गर्ने पनि बताए । ‘विश्वासको मतपछि सरकारलाई पूर्णता दिनेछु । विश्वासको मत ६ गते लिने भनिएको नै छ । त्यसको ४ दिन भित्रमा सरकारलाई पूर्णता दिन्छु,’ दाहालले भने ।

प्रधानमन्त्री दाहालले सरकार विस्तार हुन कुनै पनि अफ्ठ्यारो नरहेको बताएका हुन् ।


Published :३ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media