प्रधानमन्त्री प्रचण्डलाई रास्वपाको विश्वासको मत कायमै

राष्ट्रपाटी न्युज

चैत्र ४, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत कायम राख्ने राष्ट्रिय स्वतन्त्र पार्टीले निर्णय गरेको छ ।

आज बसेको पार्टी संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।

यसअघि पनि रास्वपाले प्रचण्डलाई विश्वासको मत दिएको थियो । तर, सर्वोच्च अदालतको आदेशले अध्यक्ष रवि लामिछानेले सांसद र गृहमन्त्री गुमाएपछि रास्वपा सरकारबाट बाहिरिएको थियो ।


Published :चैत्र ४, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media