आज बैंक तथा वित्तीय संस्था खुल्ला

काठमाडौं । काठमाडौं उपत्यकामा घोडेजात्राको अवसरमा आज सार्वजनिक बिदा भए पनि बैंक तथा वित्तीय संस्था खुल्लै रहने छन् ।

काठमाडौं उपत्यकाबाहिर हुने कारोबार समेतलाई ध्यानमा राखेर बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले बैंकिङ सेवा प्रभावित नहुने व्यवस्था मिलाउन बैंक-वित्तीय संस्थालाई निर्देशन दिएको हो ।


Published :७ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media